GBIME

सुनको मूल्य हालसम्मकै उच्च

12.95K
shares

काठमाडौं, ३० चैत । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ, सुनको भाउ २ हजार ४०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।

हिजो सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा ५०रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। हिजो चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।