Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट

4.17K
shares

काठमाडौँ, ३ चैतः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ को बिन्दुमा कायम भएको हो ।

आज ३ सय १४ कम्पनीका ७२ लाख २३ हजार७ सय ७३ कित्ता शेयर ५० हजार ५ सय २४ पटक खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह १ दशमलव ६४, उत्पादन तथा प्रशोधन १ दशमलव ५९ र होटल तथा पर्यटन समूह १ दशमलव १५ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य सात दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ बराबरको ५ लाख २७ हजार ९ सय २६ कित्ता शेयर किनबेच भएको छ ।