४ लाख धरौटी रकम बुझाउन नसक्दा दिपेश पुन कारागार चलान
वि.सं.२०८१ वैशाख ७ शुक्रवार १९:५५
6.4K
shares
shares

काठमाडौं, ७ वैशाख । सहकारी ठगी अभियोगमा पक्राउ परेका विद्यार्थी नेता दिपेश पुन कारागार चलान भएका छन् । सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले चार लाख धरौटी माग गरेको थियो । तर, ४ लाख धरौटी रकम बुझाउन नसक्दा दिपेश कारागार चलान भएका हुन् ।
दिपेशका साथी तथा ज्वाइ मनोज घर्ती मगरले एउटा साथी र नातेदारका हिसाबले आफूलाई पश्चताप लागेको बताए । कसैले पत्याए ऋण वा सापटी गरेर धरौटी रकम बुझाएर दिपेशलाई छुटाउने उनले बताएका छन् ।

















