Dhulikhel Eco Banner new

गायक पौडेलको महोत्वसले बढायो व्यस्तता

5.14K
shares

काठमाडौं । युवा गायक नविनकुमार पौडेल पछिल्लो समय सांगितिक क्षेत्रमा व्यस्त छन् । अझ नयाँ वर्षको सुरुवातसँगै पौडेल आफू ‘भ्याई–नभ्याई’ अवस्थामा रहेको बताउछन् । सरल र सहज स्वभावका युवा गायक कसैको निम्तालाई सहर्ष स्वीकार्छन । न त कुनै ठूलो डिमाण्ड हुन्छ उनको । यसकारण पनि उनको सक्रियता बढ्दो छ ।

यसै क्रममा गायक पौडेलले ५ वैशाखमा इलामको हाँसपोखरीका युवाहरुलाई नचाए । ३० चैतदेखि जारी पर्यटन तथा कृषि महत्सव समापनको अघिल्लो दिन पौडेलसहितका कलाकारहरुको प्रस्तुति राखिएको थियो । पौडेलले महोत्सवमा ‘मेरी डल्ली’, ‘१८ कट्यौ की कटेनौँ’ ‘पानी पर्यो’ र ‘मायामा ठ्याक्कठुक्क चलिरहन्छ’ लगायतका गित गाएका थिए ।

सोही कार्यक्रममा मेलिना राई, यम बराल लगायतले समेत प्रस्तुति राखेका थिए । र ‘मायामा ठ्याक्कठुक्क चलिरहन्छ’ पौडेलको नयाँ गित हो । केटिएम भ्वाइसलाई उनले दिएको जानकारी अनुसार यस गितको भिडियो चाडै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

पौडेल पछिल्लो समय मेलामहोत्सवमा निकै व्यस्त देखिन्छन् । उनले यसअघि धादिङ, गोरखा, सल्लाघारी लगायतका ठाउँहरुमा भएको मेला–महोत्सवमा प्रस्तुति दिएका थिए ।