बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ जेठ १९ बिहीवार ११:३२
shares

काठमाडौं, १९ जेठ । बुधबारको तुलनामा सुन बिहीबार ४०० रुपैयाँले बढेको छ । यसअघि बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेर कारोबार भएकोमा बिहीबार ४०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ, तेजावी सुन ९६ हजार ७०० रुपैयाँमा खरीद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४५ र चाँदी प्रतिऔंस २१.८२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



















