‘मिडियाकै बलमा गृहमन्त्री बनेका मान्छेले राज्यशक्तिको दुरुपयोग गरे’
वि.सं.२०८१ जेठ ८ मंगलवार १८:२४
5.04K
shares
shares

काठमाडौं, ८ जेठ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया विरुद्ध भएको धरपकडको विरोध गरेका छन् । उनले गृहमन्त्री रवी लामिछानेले राज्यशक्तिको दुरुपयोग गर्दै पक्राउ गरिएको बताए ।
‘विपक्षमा हुँदा मिडियाको प्रशंसा गर्नेहरु नै सत्तापक्षमा पुगेपछि मिडिया भनेपछि तर्सिन्छन्’ वरिष्ठ उपाध्यक्ष विष्टले भने, ‘जो मान्छे मिडियाकै प्रयोग गरेर सत्तामा पुगेको छ, उसैबाट प्रहार हुनु गलत हो ।’

















