Dhulikhel Eco Banner new

महिला ट्राफिकलाई महिनावारीमा ४ दिन छुट्टी दिने गृहमन्त्रीको घोषणा

3.56K
shares

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’

महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका हुन् ।