Dhulikhel Eco Banner new

सेयर बजारमा दोहोरो अंकको गिरावट

3.68K
shares

काठमाडौं, १६ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्सें परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८१ प्रतिशतले घटेको छ । यो साताको चौथो दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स १.२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा झरेको छ। यसदिन ३१४ स्क्रिप्सको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । नेप्से दोहोरो अंकले घटेपनि ४ वटा स्टकको सेयर सकारात्मक सर्किट लागेको छ भयो। युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

बुधबार ४ वटा समूहको सूचक समेत बढेको हो। वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको छ । यसबाहेक अन्य समूहको सूचक घटेको छ । जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो ।