एलजीको “खेल्छ नेपाल घर घरमा ” योजना सार्वजनिक
वि.सं.२०८१ जेठ १७ बिहीवार १२:२९
shares

काठमाडौं, १७ जेठ । यसपाली टि२० क्रीकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ । जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिदैछ। नेपाली क्रीकेट टिम केही समय देखी क्रीकेटमा उच्च अन्तरराष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ ।
यसपाली नेपाली टिमले टि२० क्रीकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ। नेपाली क्रीकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तराष्ट्रिय ब्राण्ड एलजीले खेल्छ । नेपाल घर घरमा नामक योजना अघि सारेको छ ।
यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टि.भी बाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्नेछन। योजना अनुसार कुनै पनि एलजी टि.भीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ।
साथै एलजी ओलेड टि.भी वा ८६ इन्चको टि.भी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ । कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि.भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् ।
एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि.भीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ। कुनै पनि एलजी टि.भी को खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्ने छन् ।
ग्राहकवर्गहरुले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् ।
यसका साथसाथै शुन्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।
यो योजना जेठ १७ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
















