Dhulikhel Eco Banner new

 नेप्से परिसूचक बुधबार सामान्य अंकले बढ्यो

3.58K
shares

काठमाडौं, ३० जेठ । मंगलबार दोहोरो अंकले बढेको शेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । बुधबार शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अंकले बढेर २ हजार १ सय २१ दशमलव ६२ विन्दुमा पुगेको छ ।

बुधबार होटल, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

बुधबार  समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधाना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सत्रपत्री हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १२ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ५ अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनयता एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै किनबेच भइरहेको छ ।