Dhulikhel Eco Banner new

यूनाइटेड अजोड इन्स्योरेन्सकोे विशेष साधारण सभा सम्पन्न

4.42K
shares

काठमाडौं , ३२ जेठ । बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौंमा सफलता पूर्वक सम्पन्न भयो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कम्पनीको चुक्ता पूँजी सम्बन्धमा मिति २०८१/०१/१७ गते चं.नं ६७९६ को पत्रबाट मिति २०८१ आषाढ मसान्त भित्र बीमक दर्ता तथा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, २०७३ बमोजिम न्यूनतम चुक्ता पूँजी २ अर्व ५० करोड कायम गर्न आवश्यक सबै प्रकृया सम्पन्न गर्न भनि निर्देशन प्राप्त भएको छ ।

हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न प्राधिकरणबाट मिति २०८१/०२/१६ गते च.नं. ७३३७ को पत्रबाट सैद्धान्तिक सहमति प्रदान भए अनुरुप विशेष प्रस्ताव पारित गर्न र हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नुपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ रहे बमोजिम संचालक समितिमा समेत सो अनुपातमा प्रतिनिधित्व गराउने सन्दर्भमा संस्थापकको तर्फबाट तीन जना, सर्वसाधारणको तर्फबाट ३  जना र स्वतन्त्र संचालक १ जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८६(२) बमोजिम एक जना महिला संचालक समेत समावेश हुने गरी साधारण सभामा विशेष प्रस्ताव राखी सोही अनुपातमा प्रतिनिधित्व कायम गराउने व्यवस्था गर्नु भनि मिति २०८१/०१/०९ गते चं.न. ६५९८ को पत्रबाट निर्देशन प्राप्त भएको हो ।

 सोही बमोजिम कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्नुपर्ने भएकोले  सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी दुई अर्व दश करोडको १५% अर्थात प्रत्येक १सय कित्ता शेयर वरावर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय भयो ।

यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई दुई अर्व एकचालिस करोड पचास लाख पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने निर्णय भयो ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या दुई लाख दुई हजार छ सय अठार, बीमाशुल्क वापत  दुई अर्व छत्तीस करोड अठहत्तर लाख सतहत्तर हजार नौ सय उन्नचालिस आर्जन गरि तेस्रो त्रैमाससम्म सताइस करोड बयालिस लाख चौविस हजार दुई सय पन्ध्र खुद नाफा आर्जन भएको छ ।

कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा आठ हजार एक सय एकासी वटा दावीको रकम  एक अर्व छविस करोड चौसठ्ठी लाख चौरानब्बे हजार पाँच सय अरसठ्ठी दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या तीन हजार सात सय र्सैतीस कायम गर्न सफल भएका छौं ।

यसैगरी कम्पनीको पुनर्बीमा कम्पनीहरु सँगको पुराना हिसाब किताब राफसाफ गरि व्यवसायिक सम्बन्ध सुधार गर्ने कार्यहरु भइरहेको छ जसको फलःस्वरुप कम्पनीप्रति पुनर्बीमा कम्पनीहरुको विश्वासमा अभिवृद्धि भई आगामी वर्ष पुनर्बीमा कमिशनमा बृद्धि हुन सक्ने र कम्पनीलाई लाभदायक पुनर्बीमा संम्झौता गर्न सुविधा हुने जानकारी गराए ।