Dhulikhel Eco Banner new

उत्पादन क्षेत्रमा र भन्सारमा कर लगाउनु हुँदैन :अध्यक्ष गणेश कार्की

5.64K
shares

काठमाडौ, ३२ जेठ । आर्थिक वर्ष २०८१ / ८२ को बजेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ( इप्पान ) को अधिकारी धारणा राख्न आरण्य बुटिक होटेलमा पत्रकार सम्मेलन गरेको हो ।

ऊर्जा उत्पादनसँग सम्बन्धित साढे पाँच सय कम्पनीको सदस्य रहेको साझा संस्थाको रूपमा ऊर्जा उत्पादनहरूको संस्था नेपाल ( इप्पान ) को स्थापना भएको हो ।

२५ वर्ष अघि स्थापना भएको र क्षेत्रगत लगानीको हिसाबले नेपालका सबै भन्दा ठुलो लगानी रहेको निजी प्रवर्द्धक कम्पनीहरूको साझा संस्था छुटै पहिचानका साथमा अगाडी बढिरहेको छ :अध्यक्ष गणेश कार्की इप्पानले ऊर्जा मैत्री नीति , ऐन कानुन, योजना र अन्तराष्ट्रियस्तरका कार्यक्रम छलफल र अन्तरक्रिया गर्दै आएको छ ।

बाढी पडितको विषयमा , भन्सार करको विषयमा सधैँ इप्पानले उठाएको छ । सरकारले उत्पादनमा कर लगाउनाले निजी क्षेत्र अफ्टेवारोमा परेका छन् । अहिलेको बजेटले पनि निजी क्षेत्रलाई नसमेटेकोले गर्दा पनि निजी क्षेत्र अफ्टेवारोमा  छन् ।