Dhulikhel Eco Banner new

सुनको मूल्य बढ्यो

3.47K
shares

काठमाडौं, २ असार । स्थानीय बजारमा आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १ सय रुपैयाँ कार्यम भएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।