Dhulikhel Eco Banner new

कर्णाली प्रदेशः चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो

6.21K
shares

काठमाडौं, ३ असार । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत खर्च भएको थियो ।

गत चैत, वैशाख र जेठ गरी तीन महिनामा प्रदेश मातहतमा रहेका कार्यालयले असारे विकासलाई प्रथामिकता दिएका छन् । यसले कार्यालयमा चालु खर्च बढ्नुका साथै पुँजीगत खर्च खुम्चिएको हो।

बजेट खर्च गर्न हिउँदमा सुस्ताएका कार्यालयले आर्थिक वर्षको अन्तिममा काम गरेर खर्च बढाउन थालेका छन् । प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयले पुँजीगत २८ प्रतिशत र चालुतर्फ ६८ प्रतिशत खर्च बढाएका प्रदेश लेखा इकाइ कार्यालय हुम्लाका प्रमुख रामदत्त पाण्डेले जानकारी दिए ।

उनका अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले २१, डिभिजन वन कार्यालयले चार, खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले ३१, कृषि विकास कार्यालयले ७६, पशु अस्पताल तथा पशुसेवा कार्यालयले ९९, सामाजिक विकास कार्यालयले ४१, स्वास्थ्य सेवा कार्यालयले ९४ र पूर्वधार विकास कार्यालयले २८ प्रतिशत खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पशु अस्पताल र स्वास्थ्य कार्यालयले सबैभन्दा बढी बजेट खर्च गरेका पाण्डेले बताए। उनले अहिलेसम्म ४ प्रतिशत मात्रै खर्च गरेको भन्दै यी कार्यालयको पुँजीगत खर्च खुम्चिएको उनको भनाइ छ ।

पुँजीगततर्फको एक अर्ब १७ करोड २९ लाख ६६ हजार बजेटमा ३३ करोड ८६ लाख तीस हजार मात्रै खर्च भएको प्रदेश लेखा इकाइ प्रमुख पाण्डेले जानकारी दिए।