Dhulikhel Eco Banner new

एफएनसीसीआई बागमतीले भन्यो २ दिन बिदा अनुत्पादक भयो

6.71K
shares

काठमाडौं, २० जेठ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले दुई दिने बिदा अनुत्पादक भएको भनेको छ ।

महासंघले आज ५ औं प्रदेश सभामा उक्त निष्कर्ष गरेको हो । दुई दिन बिदा दिनाले निजी व्यवसायीलाई मारमा परेको महासंघको आरोप छ ।

महासंघका बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले केटिएम भ्वाइसलाई भने, ‘सरकारले दुई दिने विदा दिने निर्णय भएको छ त्यसले गर्दा निजी व्यवसायीलाई मरमा परेको छ ।’ कुनै बैंक खुल्ने कुनै नखुल्ने भएकाले व्यवसायीको दुई दिनको ब्याजदर बेहोर्नु परेको महासंघको गुनासो छ ।

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘व्यवसायीले शनिबार तिरो ऋण सोमबार मात्र तिरेको देखिन्छ, त्यसले गर्दा व्यवसायीलाई दुई दिनको व्याजदर बढी तिर्नुपर्छ ।’ दुई दिने विदा खारेज गर्नुपर्ने महासंघको माग रहेको छ ।