पत्रकार महासंघको चुनावका लागि तोकिएको मनोनयन मिति सर्यो
वि.सं.२०८१ असार १३ बिहीवार १०:४३
3.25K
shares
shares

काठमाडौं, १३ असार । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि तोकिएको मनोनयन मिति २ दिन पर धकेलिएको छ । २२ गते हुने मतदानका लागि आज १३ गते मनोनयनको मिति तोकिएको थियो । केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले मनोनयन मिति पर सारेको छ ।
निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ । प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ । मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ ।



















