Dhulikhel Eco Banner new

देशभर डेंगु संक्रमण बढ्दै

3.22K
shares

काठमाडौं, २० असार । देशभर डेंगु संक्रमण बढ्न थालेको छ । मनसुन सक्रिय भएसँगै देशभर डेंगु संक्रमण बढ्न थालेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ सम्ममा १४ सय ३२ जनामा फेला परेको छ ।

जसअनुसार ११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन् । ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ । हुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।