तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ असार २० बिहीवार ११:०६
3.38K
shares
shares

काठमाडौं, २० असार । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६सय रुपैयाँ बढेको हो।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।


















