Dhulikhel Eco Banner new

१ करोडभन्दा बढी ठगी गर्ने जीवनकुमार केसी पक्राउ

5.42K
shares

काठमाडौं, २१ जेठ । प्रहरीले १ करोडभन्दा बढी ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले १ करोड १९ लाख ८४ हजार रुपैयाँ ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनका लागि शुक्रबारनै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।