Dhulikhel Eco Banner new

गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरु अब नेपालमा

5.25K
shares

काठमाडौं, २७ असार । अर्क्स ग्रुप प्रा. लि. ले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागन को १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ। अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र छठ लाखमा बिक्री गर्ने जनाएको छ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ। एक पटकको फुल चार्जमा ३ सय किलोमिटर  गुड्ने यो यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ।

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागन का भ्यानहरु नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपदों सेवाको प्रतिबद्धता सहित यी भ्यानहरु उपलब्ध गराउने जनाएको छ।

त्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागन ले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ। गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केहि महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ।

यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ भने बिद्युत् सञ्चालन हुने हुँदा यी भ्यानहरु पर्यावरणमैत्री मात्र नभई, सञ्चालन खर्चमा पनि कमी ल्याउनेछन् ।