Dhulikhel Eco Banner new

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : राज्य र सरकार किन यति कमजोर ?

3.26K
shares

काठमाडौं, २८ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै स्तब्ध भएको बताएका छन् ।

उनले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । उनले भने,‘ काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध बनाएको छ ।

नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु ।’आठ घन्टा बितिसक्दा पनि किन उद्दार हुन सकेन भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । राज्य र सरकार किन यति कमजोर भएको भन्दै उनले प्रश्न गरे ।

उनले भने , ’सरकार यति कमजोर भएकै हो र रु पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, उनले घटनामा के भैइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।