Dhulikhel Eco Banner new

चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

3.94K
shares

काठमाडौं, ३१ असार । यहाँ चन्दा संकलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा संकलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

क्बलका अध्यक्ष एवं राइनास–२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा संकलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको बताए । एम्बुलेन्स खरिद गर्दा २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा चार लाख ३० हजार उनले जानकारी दिए ।

“स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गरेका छन् । क्लबले विभिन्न व्यक्तिबाट चन्दा संकलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ”, वडाध्यक्ष शाहीले भने २४ लाख ४० लाख खर्च भएको जनाउँदै २३ लाख संकलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराएको उनले बताए।

भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताए।

गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजानलाई सहज भएको स्थानीय बताउँछन् ।