Dhulikhel Eco Banner new

गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घन्टा शल्यक्रिया सेवा दिने

3.41K
shares

काठमाडौं, १ साउन । काठमाडौँको ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ले आजदेखि १२ घन्टा शल्यक्रिया सेवा दिने भएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा.रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।

शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।

हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६–७ वटा शल्यक्रिया हुँदै आएको छ ।अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन अस्पतालले अनुरोध गरेको छ ।

अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपीडी सेवा प्रवाह गर्ने भएको हो ।