Dhulikhel Eco Banner new

नेकपा एसले पठायो नयाँ मन्त्रीको नाम, हेर्नुहोस् को–को बने नयाँ मन्त्री

7.11K
shares

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीले भएका मन्त्रीलाई फिर्ता बोलनउने भएको छ । पार्टीको सचिवालयले आएइतवार बसेको बैठकले यसअघि भएका ५ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

पार्टीले नयाँ मन्त्रीको नमा समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्रीलाई बुझाएको बताए ।

पौडेलका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ मन्त्री थिए