Dhulikhel Eco Banner new

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा २० करोड सीमा खारेज

2.95K
shares

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विद्यमान अधिकतम् २० करोडको सीमा खारेज गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको हो । व्यक्तिगतरफको १५ करोडको सीमालाई भने यथावत राखेको छ ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिबको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरेको छ ।

‘मार्जिन ट्रेडिब सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।