Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य वृद्धि

2.89K
shares

काठमाडौं, १४ साउन । स्थानीय बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ ।

यस्तै आइतबार तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १० रुपैयाँले बढेर तोलामा १ हजार ७५० रुपैयाँ भएको छ ।