सुनको मूल्यमा सामान्य गिरावट
वि.सं.२०८१ साउन १५ मंगलवार १०:४७
2.85K
shares
shares

काठमाडौं, १५ साउन । स्थानीय बजारमा मंगलबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँ मात्र घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
सोमबार तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

















