Dhulikhel Eco Banner new

सन्राइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

2.16K
shares

काठमाडौ, ३० साउन । लक्ष्मी सन्राइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरुवात गरेको छ ।  एक समारोहका बीच लक्ष्मी सन्राइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गरे ।

कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।