Dhulikhel Eco Banner new

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, हेर्नुस कुन बैंकको कति ?

3.61K
shares

काठमाडौं, ३२ साउन । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनअघि नै ब्याजदर तोक्नुपर्ने व्यवस्थाअनुसार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुको औसत अधिकतम ब्याजदर ६.७३ प्रतिशतबाट ०.१८ बिन्दुले घटेर ६.५६ प्रतिशत कायम भएको छ ।

सञ्चालनमा रहेका २० मध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका हुन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत राख्दा अरु १२ बैंकले ब्याजदर घटाएका हुन् । प्रकाशित सुचनाअनुसार सबैभन्दा कम ब्याज दिने बैंक नेपाल बैंक हो । बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।

निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबि बैंकले ७.४१ प्रतिशत दिने भएको छ । यी बैंकले साउनको तुलनामा ब्याजदर ०.१२ प्रतिशत बिन्दुले घटाए पनि सर्वाधिक ब्याज दिने बैंकको सूचीमा रहेका छन् । यस्तै हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भनेका छन्।

हेर्नुस कुन बैंकको कति ब्याजदर:

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
एनआइसी एशिया ७.५३ ७.४१
एनएमबी ७.५३ ७.४१
नबिल
स्टाण्डर्ड चार्टर्ड
हिमालयन ७.५
माछापुच्छ्रे
प्राइम ६.५ ६.७५
सिटिजन्स ६.७५ ६.७५
कुमारी ६.७१ ६.७१
ग्लोबल आईएमई ६.२५ ६.२५
नेपाल एसबीआई ६.३ ६.२५
राष्ट्रिय वाणिज्य ६.२१ ६.०७
कृषि विकास ६.२९ ६.०६
लक्ष्मी सनराइज ६.५ ६.५
सिद्धार्थ ६.७५ ६.५
इन्भेष्टमेन्ट मेगा ६.५
सानिमा ६.४ ६.२
प्रभु ६.१
एभरेष्ट ६.३ ६.१
नेपाल ६.२५ ५.२५