पूर्व बैंकरहरुबाट एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी
वि.सं.२०८१ भदौ १३ बिहीवार १४:५१
shares

काठमाडौं, १३ भदौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा. लिले कृषि क्षेत्रका उद्याेग व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल स्थापना गर्ने भएको छ।
नेक्सजेन म्यानेजमेन्टले पुर्ब बैंकर, नियमक निकायका पुर्ब प्रमुख ,कृषि बिज्ञ र कृषि उपलब्धिहरु सँगको निरन्तर छलफल र सम्भाब्यता अध्ययन पछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी प्रारम्भ गरेको हो ।
नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी बस्तुमा आधारित उद्याेग व्यवसायलाई बिकास र बिस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी भएको जनाएको छ ।
अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही बर्ष अघिबाट प्रारम्भ भैसकेको छ। बिदेशी लगानीका दुई वटा र नेपाल धितो पत्र बोर्डबाट स्वीकृत एघार वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन् । नेपालमा नया प्रयोग भएको तथा देखासिकी र रहरमा खुलेका कम्पनिले उद्देश्यअनुसार काम गर्न नसकेका कारण स्थापना गर्ने जनाएको छ ।
राम्रो सम्भावना भएर पनि पुँजीको अभावमा धेरै उद्याेग ब्यवसाय राम्ररी चल्न सकेका छैनन। सम्भावना भएका नँया उद्याेग व्यवसायमा जोखिम बढि हुने डरले बैंकहरु लगानी गर्न चाहदैनन।यस्ता उधोग व्यवसायमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले लगानी गर्छन।
नेपालमा सम्भावनाको आधारमा उद्याेग ब्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शी लेखा प्रणाली र ब्यवस्थापन नहुने हुदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरूले लगानी गर्न सकेका छैनन।
यहि यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्टले कृषि क्षेत्रका उद्याेग व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको हो ।
विभिन्न चरणको छलफल पछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल लि राख्ने निर्णय भएको जनाएको छ । कम्पनीको तत्काल चुक्ता पुँजी ५० करोड र संचालनको एक बर्ष भित्र १०० करोड बनाइने जनाएको छ ।
कम्पनीका अनुसार कम्पनीमा संस्थापकहरुको लागि ८५ प्रतिशत र सर्वसाधारणको लागि १५ प्रतिशत शेयर छुट्याइने छ। संस्थापक शेयर मध्ये ४५ प्रतिशत बैंक बिमा र सुचीकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत ब्यक्ति र प्राइभेट कम्पनीको लागि छुट्याइने छ। प्रस्तावित भेन्चर क्यापिटल कंपनिमा सात सदस्यीय संचालक समिति हुनेछ। संस्थापकबाट पाच जना,सर्वसाधारणबाट एक जना र स्वतन्त्र संचालक एक जना हुनेछ।
नेपालमा बिदेशी लगानीका र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालनमा छन ।तर कृषिजन्य कच्चा र तयारी बस्तुमा आधारित उद्याेग व्यवसायको स्थापना संचालन र प्रवर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले यो प्रकृतिको कम्पनीको आवश्यक्ता भएको नेक्सजेन म्यानेजमेन्टमा अध्यक्ष तथा प्रस्तावित कम्पनीका एक प्रबन्धक रमेश कुमार भट्टराईले बताएका छन् ।
कम्पनीका अनुसार नेपाल कृषि प्रधान देश हो, ६५ प्रतिशत भन्दा बढि जनता कृषिमा निर्भर छन, जिडिपिमा कृषिको योगदान २४ प्रतिशत भन्दा बढि छ। कृषि क्षेत्रको बिकास बिना देशको बिकास सम्भव छैन । जनताको जीवन स्तर र क्रय शक्ति बढाउन कृषि उत्पादन र कृषिमा आधारित उद्याेग व्यवसायको बिकास हुनै पर्छ । तर कृषिमा सोचे जस्तो लगानी हुन सकेको छैन। कृषिमा सरकारले दिएको सुबिधा पनि टाठा बाठाले पहुँचको आधारमा दुरुपयोग गरेका छन । सहि कृषक र उद्यमीले पाउन सकेका छैनन।
सरकारले कृषि क्षेत्रको बिकास र बिस्तार गर्ने आकर्षक र चर्को नारा दिएको त छ तर केही गर्न सकेको छैन। तेसैले जनस्तर र निजि क्षेत्रबाट पनि सकेको प्रयास गर्ने सिलसिलामा भेन्चर क्यापिटलको माध्यमले गर्न खोजेको भट्टराई बताउछन। धितो पत्र बोर्डबाट स्वीकृति लिई कृषिलाई प्राथमिकतामा राखेर सेक्टर वाईज फण्ड उठाएर लगानी गर्ने र संग संगै अरु सेक्टरका उद्याेग व्यवसायलाई पनि तेसै गरि क्रमस: लगानी गर्दै बिकार र बिस्तार गर्दै लान सकिने बिश्वास अध्यक्ष भट्टराईको छ। प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको सम्भाब्यता अध्यन र आवस्यक तयारी भैसकेको छ। आउने हप्ता भित्र बैंक वित्तिय संस्था,बीमा कम्पनि,ब्यक्तिगत लगानी कर्ता र निजि कंपनिहरुलाई सम्पर्क गरि अघि बढने जानकारी भट्टराईले दिएका छन् ।

















