एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण
वि.सं.२०८१ भदौ १७ सोमवार १४:१०
shares

काठमाडौं, १७ भदौ । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले शर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो ।
भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेकोअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।
लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । तर, यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक भने गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो ।
















