Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य वृद्धि

3.58K
shares

काठमाडौं, १८ भदौ । मंगलबार शेयर बजारमा सामान्य अंकले बढेको छ । यसदिन शेयर बजार ६.९० अंकले बढेर २८३० को बिन्दुमा कायम भएको छ ।

यसदिन १०६ कम्पनीको शेयर मूल्य बढुदा १३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थीर रहेको छ । यसदिन १३ अर्ब ५७ करोडको कारोबार भएको हो ।

यसदिन सात कम्पनीका लगानीकर्ताले कमाएका छन् । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त वित्तीय संस्था, विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

निर्जीवन बीमा समूह ४.७८, जीवन बीमा समूह २.२८, विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढेको छ ।

बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटेको छ ।