शेयर बजारमा दोहोरो अंकको गिरावट
वि.सं.२०८१ भदौ २३ आइतवार १५:२१
shares

काठमाडौं, २३ भदौ । साताको कारोबारको पहिलो दिन आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से २५.४६ अंकले घटेर दुई हजार ७ सय १ दशमलव ९० विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटाको बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ भने तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
महुली लघुवित्त वित्तीय संस्था, श्रीजनशिल लघुवित्त वित्तीय संस्था र मिडसोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।
माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटेको छ ।


















