Dhulikhel Eco Banner new

नेपाल वेयरहाउजिङ्ग कम्पनीको बढ्यो नोक्सानी

2.98K
shares

काठमाडौं, २ असोज । नेपाल वेयरहाउजिङ्ग कम्पनीको नोक्सानी बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ करोड १० लाख ५० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो। कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँबाट बढेर १ करोड २७ लाख ७१ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको कुल आम्दानी ३२ लाख ४६ हजार रुपैयाँबाट बढेर १ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको छ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १४ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ४६ पैसा रहेको छ।

कम्पनीको वित्तीय खर्च ८० लाख ९४ हजार रुपैयाँबाट बढेर ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ र ह्रासकट्टी खर्च १ करोड ५ लाख रुपैयाँबाट बढेर २ करोड ८१ लाख रुपैयाँ पुगेको छ।