Dhulikhel Eco Banner new

नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा

4.39K
shares

काठमाडौं, २४ जेठ । नेको इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत बोनश शेयर आफ्ना सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफबाट वितरण गर्ने भनिएको कम्पनीको चैत ९ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा उक्त बोनश जम्मा गरिने कम्पनीले जनाएको छ ।