Dhulikhel Eco Banner new

२२.३६ अंकले गिरावट आएको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

4.45K
shares

काठमाडौं, १३ असोज । आइतबार शेयर बजारमा २२.३६ अंकले गिरावट आएको छ । शेयर बजार २३.१० अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ ।

यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ र १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ ।

यसदिन कारोबार रकम खुम्चिएर ४ अर्ब ५ करोडको कारोबार भएको हो । अधिकांश कम्पनीको घट्दा पनि वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ६.५५ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

कुमारी सबल योजनाका लगानीकर्ताले ६.४९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५.४६ सर्वाधिक कमाएका छन् ।

यसदिन एनएल जि बीमा कम्पनीका लगानीकर्ताले ४.५६ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । साथै सोनापुर मिनरल्स एण्ड आयलका लगानीकर्ताले ४.१४ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।