Dhulikhel Eco Banner new

आइतबार शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.45K
shares

काठमाडौं, १३ असोज । आइतबार २२.३६ अंकले गिरावट आएको शेयर बजारमा यसदिन सबैभन्दा धेरै अप्पर स्याङ्गेको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ९.९९ प्रतिशतका दरले घटेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन् भने अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ९.१७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले ८.८२ प्रतिशतका दरले गुमाएका छन् । यसदिन पाँचथर पावर कम्प्यान्टका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।