सुनको मूल्यमा सामान्य गिरावट
वि.सं.२०८१ असोज २० आइतवार ११:०८
2.07K
shares
shares

काठमाडौं, २० असोज । स्थानीय बजारमा आईतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार ३ सयले घटेर १ लाख ६१ हजार कायम भएको हो ।
त्यस्तै, आईतबार चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आईतबार बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

















