Dhulikhel Eco Banner new

उच्च अंकले गिरावट आएको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.89K
shares

काठमाडौं,२२ असोज । २७.३९ अंकले गिरावट आएको शेयर बजारमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यसदिन बुटवल पावर कम्पनीका लगानीकर्ताले ६.८३ प्रतिशतका दरले कमाएका छन् भने माण्डु हाइड्रोपावरका लगानीकर्ताले ६.३१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी प्रभु स्मार्ट फण्डका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् भने थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतका दरले कमाएका छन् ।