शेयर बजारमा २७.३९ अंकले गिरावट, २०७ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ असोज २२ मंगलवार १५:०७
shares

काठमाडौं, २२ असोज । मंगलबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । शेयर बजार २७.३९ अंकले घटेर २,६६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ र २ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि खुम्चिएर ४ अर्ब ४ अर्ब ५९ करोडको कारोबार भएको हो ।
अधिकाशं घटेको शेयर बजारमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन इष्टर्न हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ८.५० प्रतिशतको दरले घटेको छ ।

















