डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ जेठ २५ बुधवार १४:५१
4.76K
shares
shares

काडमाडौं, २५ जेठ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आजदेखि उक्त शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी तारा भण्डारीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।















