Dhulikhel Eco Banner new

नेपाल ल्यूब आयलको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

4.95K
shares

काठमाडौं, २६ जेठ । नेपाल ल्यूब आयल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले जेठ २६ गतेदेखि लागू हुने गरी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको थियो ।

अब भने कम्पनीको सम्बन्धीत शेयरधनीहरूको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरवालाहरूको लागत अद्यावधिक गर्ने कार्य एनआईबिएल एस क्यापिटल मार्फत हुनेछ ।