Dhulikhel Eco Banner new

रौतहटमा करिब ३६ लाख राजस्व संकलन

2.24K
shares

काठमाडौं, ५ मंसिर । रौतहट स्थित ट्राफिक प्रहरीले यस आर्थिक वर्ष ४ हजार सवारी धनीलाई गरेको कारबाहीबाट करिब ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत साउन महिनादेखि कार्तिक मसान्तसम्म जिल्ला भरीमा ट्राफिक नियम विपरीत चलेका ३ हजार ९ सय ९४ सवारी धनीलाई कारबाही गरी कुल ३५ लाख ८३ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको हो ।

ट्राफिक नियम विपरीत चल्ने सवारी साधनमा सबै भन्दा बढी मोटरसाइकलको सङ्ख्या रहेको छ । सोही अवधिमा जिल्ला भरीमा कुल २ सय २१ वटा सवारी साधन दुर्घटना भएको छ।

उक्त दुर्घटनामा परेर महिला पुरुष गरी १६ जनाको मृत्यु हुनुका साथै ३ सय ९४ जना घाइते भएकी ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ।