नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर बिक्री
वि.सं.२०७९ जेठ २६ बिहीवार ११:५१
shares

काठमाडौं, २६ जेठ । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि बिक्रीमा ल्याएको ७० प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले कार्यालय कार्यालयसम्म हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
साथै, मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । हकप्रद प्रयोजनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ ।
कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष २०६७÷६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।
नेपाल फाइनान्सले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।
हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।















