Dhulikhel Eco Banner new

मंसिर १९ बाट आइपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ

2.43K
shares

काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्न लागेको हो । विदेशमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ ।