Dhulikhel Eco Banner new

टेलिकमलाई उछिन्दै विशाल बजार बन्यो शेयर बजारको सबैभन्दा ठूलो कम्पनी

4.88K
shares

काठमाडौं, १२ मंसिर । विशाल बजार कम्पनी शेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ । नेपाल टेलिकमलाई उछिन्दै विशाल बजार कम्पनी शेयर बजारको सबैभन्दा ठुलो कम्पनी बनेको हो ।

विशाल बजार कम्पनीको कुल पूँजीकरण (कुल शेयरको मूल्य) १ खर्ब ९८ अर्ब ४९ करोड ५० लाख रुपैयाँ पुगेको छ भने नेपाल टेलिकमको पूँजीकरण १ खर्ब ७७ अर्ब ८५ करोड ८० लाख रुपैयाँ छ ।

बुधबार नै कम्पनीको शेयर मूल्य पनि १० प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको शेयर मूल्य हाल प्रतिकित्ता ४ हजार ९५० रुपैयाँ छ । बजारमा कुल ४ करोड १ लाख शेयर सूचीकृत भएको छ ।