Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

2.78K
shares

काठमाडौं, १६ मंसिर । कुमारी बैंक लिमिटेडको संस्थापकको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापकहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेके हो ।

कुमारी बैंकले २९ हजार ५४४ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर किन्न इच्छुक संस्थापकले बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तकेबमोजिम हुने बैंकले जनाएको छ।

संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको शेयर किन्न इच्छुकले ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।