Dhulikhel Eco Banner new

विवाहपञ्चमी महोत्सव आइतबारदेखि, पहिलो दिन नगर दर्शन

2.81K
shares

काठमाडौं, १६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आइतबारदेखि विधिवत रुपमा सुरु हुँदैछ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।

नगरदर्शनको जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर प्रागंणमा विशेष तैयारी भइरहेको छ । जानकी मन्दिरमा कृतिम बजार बनाइने र त्यही बजारमा रामलक्ष्मण लाई घुमाउने कार्यक्रम रहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।