Dhulikhel Eco Banner new

प्रतिबोरा एक सयले बढ्यो सिमेन्टको मूल्य

3.46K
shares

काठमाडौं, १६ मंसिर । सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँले बढेको छ । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० रुपैयाँमा कायम भएको छ ।

सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा रहेका थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि मूल्य बढाउने तयारी रोकिएको थियो ।

यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ ।