Dhulikhel Eco Banner new

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

2.8K
shares

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। बिहीबार एक सूचना प्रकाशित गरी राष्ट्र बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो।

राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दति निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

यस्तो मुद्दति निक्षेप २०८१ पुस २ गतदेखि २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।